Techie IT
२०८२ वैशाख ६, शनिबार

कर्णाली सरकारद्वारा बाढीपहिरो पीडितलाई ५० लाख सहयोग


Chief Miniser YaM lal Kandel

कर्णाली प्रदेश सरकारले बाढी र पहिरो पीडितहरूको राहतका लागि ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ। मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा यो रकम उपलब्ध गराउने निर्णय गरेको हो।

मुख्यमन्त्री यामलाल कँडेलका प्रमुख स्वकीय सचिव सूर्यमणि गौतमले जानकारी दिएअनुसार, हालैका वर्षाका कारण मध्य र पूर्वी नेपाल बढी प्रभावित बनेको छ। उपत्यकासहित देशका विभिन्न भागमा बाढी र पहिरोले ठूलो क्षति पुर्‍याएको छ। यस कठिन परिस्थितिमा कर्णाली प्रदेश सरकारले सहयोगका लागि यो महत्वपूर्ण कदम चालेको छ।

बैठकले बाढीपहिरोबाट प्रभावित भएका क्षेत्रका नागरिकहरूको जीवन पुनःस्थापनामा प्रदेशको तर्फबाट थप सहयोग गर्न पनि प्रतिबद्धता व्यक्त गरेको छ।

प्रदेशसभा अधिवेशन अन्त्य

त्यसैगरी, प्रदेश सरकारले कर्णाली प्रदेश सभाको चालू अधिवेशनलाई १५ असोज राति १२ बजेबाट अन्त्य गर्न सिफारिस गरेको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार, यो सिफारिस प्रदेश प्रमुखसमक्ष पेश गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट