Techie IT

बैंगलुरुमा बीभत्स हत्या गरि शव ५९ टुक्रा प्रकरण : आचरणबाट दिक्क भएर हत्या गरेको स्विकार


भारतको बैंगलुरुमा एक २९ वर्षीय महिलाको शव दर्जनौँ टुक्रा पारिएको अवस्थामा फ्रिजमा केहि हप्ता अगाडी फेला परेको थियो । मृतक महिला महालक्ष्मीको हत्या मुख्य सन्दिग्ध मुक्ति रञ्जन रोयले गरेका थिए। घटनाको अनुसन्धानमा प्रहरीलाई महत्वपूर्ण प्रमाणका रूपमा रोयले छोडेको सुसाइड नोटले मद्दत गरेको छ, जसमा उनले हत्या स्वीकार गरेका छन्।

रिसको झोकमा उनलाई मारेको
हत्या सेप्टेम्बर ३ मा भएको थियो, र शव सेप्टेम्बर २१ मा फ्रिजमा फेला पारिएको थियो। महालक्ष्मीको हत्या गरेपछि रोयले शरीरका ५९ टुक्रा बनाएको बताइएको छ। हत्या गर्ने कारण उनीहरू बीचको व्यक्तिगत झगडा थियो, जसमा महालक्ष्मीले रोयमाथि आक्रमण गरेपछि उनले रिसको झोकमा उनलाई मारेको बताएका छन्।

सुसाइड नोटमा स्वीकृति
प्रहरीले रोयको घरमा खानतलासी गर्दा सुसाइड नोट फेला पारेको छ, जसमा उनले महालक्ष्मीको हत्या गरेको र शवलाई टुक्र्याएको कुरा स्पष्ट रूपमा उल्लेख गरेका थिए। सुसाइड नोटमा लेखिएको छ, “म उसको आचरणबाट दिक्क भएको थिएँ। व्यक्तिगत कुरामा झगडा परेपछि मैले उसलाई मारेँ।”

आफैले आत्महत्या गरे
हत्या गरेपछि रोयले शहर छोडेर भागेका थिए। अन्ततः ओडिसाको भाद्राक जिल्लामा रहेको आफ्नै गाउँमा गएर आत्महत्या गरे। उनले रुखमा झुन्डिएर आफ्नो ज्यान लिएका थिए। घटनास्थल बाट प्रहरीले रोयको ब्याग, ल्यापटप, मोबाइल फोन लगायतका सामग्री बरामद गरेको छ।

महालक्ष्मीका पूर्व श्रीमान् हेमन्त दासले उनीसँग अश्रफ नामका व्यक्तिसँग अफेयर चलिरहेको बताएका थिए। महालक्ष्मी र दासको नौ महिना अघि सम्बन्धविच्छेद भएको थियो। तर, प्रहरीले रोय र महालक्ष्मी बीच विगत ६ महिनादेखि सम्बन्ध रहेको र उनीहरूको सम्बन्ध तनावपूर्ण रहेको खुलासा गरेको छ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट