Techie IT

अमेरिकी राष्ट्रपति वाइडेन र प्रधानमन्त्री ओलीबिच भेटबार्ता


अमेरिकी राष्ट्रपति जो वाइडेनले आयोजना गरेको स्वागत समारोहमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएका छन्। ७९औँ संयुक्त राष्ट्रसङ्घको महासभाका क्रममा आयोजित यस समारोहमा प्रधानमन्त्री ओलीसँगै उनकी धर्मपत्नी प्रथम महिला राधिका शाक्य पनि उपस्थित थिइन्। उक्त अवसरमा विश्वका अन्य नेताहरूसँग कुराकानी गर्ने अवसर पनि प्रधानमन्त्री ओलीले पाए।

प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्र महासभामा गएराति सम्बोधन गर्दै नेपालले शान्ति प्रक्रियासँग सम्बन्धित बाँकी कार्यहरूलाई चाँडोभन्दा चाँडो पूरा गर्ने प्रतिबद्धता जनाए। उनले नेपालले २०६२-६३ को शान्ति प्रक्रियाबाट प्राप्त गरेको अनुभवलाई आधार बनाएर बाँकी चुनौतीहरूको सामना गर्न सबै राजनीतिक दल, नागरिक समाज र अन्तर्राष्ट्रिय समुदायसँग मिलेर अघि बढ्ने योजना रहेको बताए।

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले हालको विश्वलाई आमूल परिवर्तनको मोडमा रहेको भन्दै धनी र गरिब राष्ट्रहरूबीचको आर्थिक असमानता, जातीय सद्भाव र घृणा, साथै आर्थिक विकास र वातावरणीय विनाशको विरोधाभासलाई महत्वपूर्ण चुनौतीका रूपमा प्रस्तुत गरे। उनले भने, "मानव जाति र पृथ्वी अहिले जलवायु संकटको भुमरीमा छ, र यस विपत्तिलाई रोक्न सबै राष्ट्रहरूले आफ्नो जिम्मेवारी पुरा गर्नुपर्छ।"

प्रधानमन्त्री ओलीले विकासशील देशहरूमा बढ्दो जलवायु प्रभावलाई सम्बोधन गर्दै नेपाल जस्ता हिमाली राष्ट्रहरूले भोगिरहेको असरलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी ढंगले उठाउने प्रतिवद्धता व्यक्त गरे। उनले जलवायु न्यायको माग गर्दै विश्व समुदायलाई आफ्नो सहयोग बढाउन आग्रह गरे, जसले विशेषगरी गरीब राष्ट्रहरूलाई जलवायु परिवर्तनसँग जुझ्न सकियोस्।

यस अघि, अमेरिकी राष्ट्रपति जो वाइडेनले स्वागत समारोहमा विश्वभरका नेताहरूलाई सम्बोधन गर्दै द्वन्द्व, जलवायु संकट, र मानव अधिकारहरूको संरक्षणजस्ता महत्वपूर्ण मुद्दामा सहकार्य गर्नुपर्नेमा जोड दिएका थिए।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट