Techie IT
२०८२ वैशाख ६, शनिबार

विश्वको तेस्रो सर्वोच्च शिखर कञ्चनजङ्घाको हीरक महोत्सव आजदेखि


विश्वको तेस्रो सर्वोच्च शिखर कञ्चनजङ्घाको पहिलो सफल आरोहणको ७० औँ वार्षिकोत्सवका अवसरमा आजदेखि ‘कञ्चनजङ्घा हीरक महोत्सव–२०८२’ आयोजना हुँदैछ ।

कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को आयोजनामा हुने महोत्सव यही वैशाख ७ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवमा स्थानीय उत्पादनको प्रदर्शनी र बिक्री,  खानाका परिकारको प्रवद्र्धन, विविध सांस्कृतिक कार्यक्रम, खेलकुद, पदयात्रा, फोटो तथा भिडियो प्रदर्शनीलगायत विविध गतिविधि हुने परिषद्का सचिव मनकुमार लिम्बूले रैवारप्रेस लाइ बताएका छन् ।

महोत्सवमा ताप्लेजुङ जिल्लाका छ जना कञ्चनजङ्घा आरोहीहरु पासाङ शेर्पा, ङाडा शेर्पा, लाक्पा शेर्पा, दावाछेतेन शेर्पा, मिङ्माग्यावु शेर्पा र लाक्पा शेर्पा रहनुभएको छ । ‘कञ्चनजङ्घा संरक्षण क्षेत्रः प्रकृतिको उपहार, दिगो पर्यापर्यटन समृद्धिको आधार’ भन्ने नारासहित आयोजना हुने यस महोत्सवले संरक्षण र दिगो पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।

Majestic Kanchenjunga Image
यो पनि पढ्नुहोस
Majestic Kanchenjunga

सन् १९५५ मे २५ मा बेलायती आरोही जो ब्राउन र जर्ज ब्याण्डले कञ्चनजङ्घाको दक्षिणी मोहोडाबाट पहिलो पटक सफल आरोहण गरेका थिए ।     
 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट