Techie IT
२०८२ वैशाख ८, सोमबार

बाढी, पहिरो प्रभावित बिरामीहरूको निःशुल्क उपचारको निर्देशन


काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बाढी, पहिरो, र अन्य प्राकृतिक विपद्का कारण घाइते भएका बिरामीहरूलाई निःशुल्क उपचार प्रदान गर्न सबै स्वास्थ्य संस्थाहरूलाई आग्रह गरेको छ। शनिवार जारी गरिएको विज्ञप्तिमा मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले यो आपत्कालीन परिस्थितिमा स्वास्थ्य सेवा पहुँच सुनिश्चित गर्न सबै प्रादेशिक स्वास्थ्य, आपत्कालीन कार्यसञ्चालन केन्द्रहरूले सक्रिय रहनुपर्ने बताएका छन्।

मन्त्रालयले विभिन्न स्वास्थ्य संस्थाहरूलाई आकस्मिक सेवा तयारी अवस्थामा राख्न र हटलाइन नम्बरहरू सार्वजनिक गर्न निर्देशन दिएको छ। आपत्कालीन अवस्थामा स्वास्थ्य सम्बन्धी कुनै पनि जानकारीका लागि हटलाइन नम्बर १११५ र तालीम प्राप्त एम्बुलेन्स सेवा उपलब्ध गराउन १०२ नम्बरमा सम्पर्क गर्न अनुरोध गरिएको छ।

मौसममा देखिएको चरम परिवर्तनले चट्याङ, मेघ गर्जन, हावाहुरी, र भारी वर्षाका कारण देशका धेरै क्षेत्रमा जनस्वास्थ्यमा प्रतिकूल असर परेकोले थप सतर्कता अपनाउन मन्त्रालयले अपील गरेको छ। प्रादेशिक र स्थानीय तहका स्वास्थ्यकर्मी र द्रुत प्रतिकार्य टोलीहरूलाई तयारी अवस्थामा राखी आकस्मिक चिकित्सकीय समूहसँग समन्वय गर्न भनिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट