स्तनपानले आमा र बच्चामा हुने फाइदाहरू
स्तनपान गराउने आमा लाई स्तन क्यानसर र पाठेघरको क्यान नियमित स्तनपान गराउँदा आमाको स्वास्थ्य स्वस्थ हुने, डिप्रेसनको समस्या कम गर्ने र तोल घट्ने गरेको पाइन्छ । नियमित स्तनपान गराउँदा आमाको स्वास्थ्य तथा पाठेघर गर्भवती हुनु पूर्वको अवस्थामा पुर्याउन सहयोग गर्छ ।
२८ श्रावण २०८१, काठमाण्डौं ।
स्तनपान लाई वर्तमान समयमा अति महत्वका साथ लिएको पाइन्छ । विभिन्न वैज्ञानिक अध्ययन अनुसन्धानहरूले पनि आमाको दूध शिशुका लागि अमृत समान हुने तथ्यहरूले देखाएको छ । नेपाली समाजमा पहिले स्तनपानलाई खासै महत्व दिएको पाइदैन । कुनै वेला बच्चा जन्मने बित्तिकै पहेलो दूध बच्चा लाई नखुवाएर फाल्ने गरिन्थ्यो । विभिन्न अध्ययनले आमाको पहेलो दूधमा अत्याधिक पौष्टिक तत्व हुने भएकाले त्यसलाई अमृत समान मान्ने गरिन्छ । अहिले सरकारले नै विभिन्न माध्यममा बाट ६ महिना सम्म आमाको दूध बच्चालाई खुवाउन अनिवार्य गर्ने पहल गरिरहेको छ ।
केही वर्षदेखि मात्र नेपाल सरकारले सरकारी कार्यालय, सार्वजनिक संस्थान, एयरपोर्ट लगायतका सार्वजनिक स्थानमा स्तनपान कक्ष छुट्याएको छ । समयमा आमाले बच्चा लाई स्तनपान गराउन नसके स्तन गानिने समस्या हुन्छ । पछिल्लो समय महिलाहरू विभिन्न रोजगारीमा व्यस्त भएको पाइन्छ । व्यस्तताले आमाले बच्चालाई स्तनपान गराउन नसके स्तनलाई निचोरेर बोतलमा जम्मा गरेर ६-७ घण्टा कोठाको तापक्रममा जम्मा गरेर शिशु लाई खुवाउन सकिन्छ ।
शिशु तथा बालबालिकाहरूले उचित पौष्टिक आहार नपाए भविष्यमा स्वास्थ्यमा समस्या हुने भएकाले राज्यले स्तनपान गराउन सदैव जोड दिनु आवश्यक छ । स्तनपानलाई बच्चाको स्वास्थ्यमा मात्र नभई आमाको स्वास्थ्यमा पनि फाइदा हुने देखिएको छ ।
स्तनपानका फाइदाहरू
१) सहज उपलब्ध हुने सफा र स्वच्छ पौष्टिक आहार,
२) शिशुको स्वास्थ्य नै आमाको दूध मात्र पचाउने खालको हुन्छ । आमाको दूधको सट्टा गाई, भैँसीको दूध खुवाए बच्चाले पचाउन सक्दैन ।
३) आमाको दूधमा एन्टिबायोटिकको रुपमा काम गर्छ । वयस्कताका, स्तनपानले मोटोपना, मधुमेह, र हृदय रोगहरू जस्ता दीर्घकालीन रोगहरू विकास गर्ने सम्भावनालाई कम गर्न सक्छ।
४) स्तनपानलाई गर्दा आमा र बच्चाको भावनात्मक सम्बन्ध बलियो हुन्छ ।
५) स्तनपान गराउने आमा लाई स्तन क्यानसर र पाठेघरको क्यान्सरको सङ्क्रमण कम हुने गरेको पाइन्छ ।
६) नियमित स्तनपान गराउँदा आमाको स्वास्थ्य स्वस्थ हुने, डिप्रेसनको समस्या कम गर्ने र तोल घट्ने गरेको पाइन्छ ।
७) नियमित स्तनपान गराउँदा आमाको स्वास्थ्य तथा पाठेघर गर्भवती हुनु पूर्वको अवस्थामा पुर्याउन सहयोग गर्छ ।
तपाईको प्रतिक्रिया दिनुहोस