Techie IT
२०८१ चैत्र ३०, शनिबार

पोप फ्रान्सिसको अवस्था गम्भीर, थ्रोम्बोसाइटोपेनियाबाट पीडित


क्रिश्चियन धर्मगुरू पोप फ्रान्सिसको स्वास्थ्य अवस्था गम्भीर रहेको भ्याटिकनले जनाएको छ । गत फेब्रुअरी १४ देखि अस्पताल भर्ना भएका पोपलाई लामो समयदेखि श्वासप्रश्वासमा समस्या देखिएको र रगत चढाउनुपर्ने अवस्था आएको भ्याटिकनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

शनिबार राति पोपले शान्तिपूर्वक आराम गरे पनि अवस्था अझै खतरामुक्त नभएको ‘द होली सी’ ले आइतबार बिहान जानकारी गराएको छ । सन् २०१३ देखि क्याथोलिक चर्चको नेतृत्व गरिरहेका अर्जेन्टिनी धर्मगुरू फ्रान्सिसलाई ब्रोन्काइटिसका कारण रोमको जेमेली अस्पतालमा भर्ना गरिएको थियो ।

भ्याटिकनका अनुसार पोप सतर्क रहनुभए पनि अघिल्लो दिनको तुलनामा बढी दुःख भोग्नुभएको छ । रक्त परीक्षणका क्रममा उहाँलाई थ्रोम्बोसाइटोपेनिया अर्थात् रक्तमा प्लेटलेटको कमी देखिएको छ, जसले अत्यधिक रक्तस्रावको जोखिम बढाउँछ ।

अमेरिकी नेसनल इन्स्टिच्युट अफ हेल्थ (एनआईएच) का अनुसार यस्तो अवस्थामा ‘आईभी’ लाइनमार्फत रगत वा प्लेटलेट ट्रान्सफ्युजन गरिन्छ । इटालीको कोरिएरे डेला सेरा दैनिकले ‘पोपको अवस्था झनै बिग्रँदै गएको’ शीर्षकमा समाचार प्रकाशित गरेको छ भने ला रिपब्लिकाले भ्याटिकनको अवस्था ‘सबैभन्दा कालो दिन’ भनेको छ ।

इटालीका प्रमुख भाइरोलोजिस्ट फाब्रिजियो प्रेग्लियास्कोले स्थिति थप चिन्ताजनक बन्दै गएको बताए । पोप फ्रान्सिसको स्वास्थ्यबारे भ्याटिकनले नियमित अपडेट दिने जनाएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट