Techie IT
२०८२ वैशाख ८, सोमबार

भोली देखि ३ दिन विद्यालय बन्द गर्न सरकारको आग्रह


काठमाडौँ – सरकारले भोलि आइतबारदेखि तीन दिनका लागि विद्यालय बन्द गर्न आग्रह गरेको छ। कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा शनिबार बसेको विपद्सम्बन्धी आकस्मिक बैठकले बाढी, पहिरो, र अविरल वर्षाका कारण विद्यालय, विश्वविद्यालय र विद्यार्थीहरू प्रभावित भएकाले यो निर्णय लिएको हो।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद भट्टराईले जारी गरेको विज्ञप्तिमा देशभरका शैक्षिक भवनहरूमा क्षति पुगेको, विद्यार्थी र अभिभावकहरू बाढी र पहिरोको चपेटामा परेका, तथा यातायात अवरुद्ध भएकोले विद्यालयहरू तीन दिनका लागि बन्द गर्न अनुरोध गरिएको छ।

साथै, सरकार, गैरसरकारी संस्था, र नागरिक समाजलाई संयमता अपनाएर विपद् व्यवस्थापनमा समन्वयात्मक रूपमा काम गर्न अपिल गरिएको छ। मन्त्रालयले विश्वविद्यालय अनुदान आयोगलाई भौतिक, शैक्षिक र मानवीय क्षतिको विवरण यथाशीघ्र संकलन गरी पठाउन निर्देशन दिएको छ।

उपत्यकासहित देशका विभिन्न भागमा जारी भारी वर्षाले जनजीवन प्रभावित भएको हुँदा यो निर्णय लिइएको हो।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट