Techie IT
२०८२ वैशाख १०, बुधबार

प्रधानमन्त्रीको निर्देशनपछि कक्षा १२ को परीक्षा सारिँदै, परीक्षा तालिका भोलि मात्रै सार्वजनिक हुने


कक्षा १२ को परीक्षा तालिका भोलि (बुधबार) मात्रै सार्वजनिक हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि आगामी वैशाख ११ गते (पर्सि) बाट सुरु हुने भनिएको परीक्षा केही दिनका लागि सारिने भएको हो।

प्रधानमन्त्री ओलीले मंगलबार साँझ बालुवाटारमा परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मा र शिक्षा सचिव दीपक काफ्लेलाई भेटेर परीक्षा सार्न निर्देशन दिएका थिए । सोही निर्देशनअनुसार राष्ट्रिय परीक्षा बोर्डले परीक्षा स्थगनसम्बन्धी सूचना केहीबेरमा सार्वजनिक गर्ने तयारी गरेको छ ।

परीक्षा बोर्ड स्रोतका अनुसार नयाँ तालिका भोलिमात्रै तय हुनेछ। "परीक्षाको तालिका भोलि मात्रै सार्वजनिक गर्छौं," स्रोतले भन्यो, "बोर्डको बैठक बसेपछि मात्र नयाँ तालिका तय हुन्छ।"

यसअघि परीक्षा बोर्डले सबै तयारी पूरा गरेर वैशाख ११ गतेदेखि नै परीक्षा सञ्चालन गर्ने निर्णय गरिसकेको थियो। यद्यपि, प्रधानमन्त्रीको हस्तक्षेपपछि परीक्षा सार्ने निर्णय लिइएको हो।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट