Techie IT
२०८२ वैशाख ९, मंगलबार

कक्षा १२ को परीक्षा निर्धारित मितिमै हुने, परीक्षा नसार्ने निर्णय


काठमाण्डौं — राष्ट्रिय परीक्षा बोर्डले वैशाख ११ गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षा तोकिएकै मितिमा सञ्चालन गर्ने निर्णय गरेको छ । मंगलबार बसेको बोर्ड बैठकले परीक्षा समन्वय समिति मार्फत परीक्षा केन्द्र भएका विद्यालयलाई परीक्षा सञ्चालनका लागि आवश्यक तयारी गर्न अनुरोध गर्ने निर्णय गरेको हो ।

शिक्षकहरू आन्दोलनरत रहेकाले परीक्षा प्रभावित हुने चिन्ता भइरहेका बेला बोर्डले यस्तो निर्णय गरेको हो । शिक्षक महासंघको आह्वानमा चैत २० गतेदेखि शिक्षकमात्र सडक आन्दोलनमा छन् । उनीहरू शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने, १८ किसिमका शिक्षकहरूलाई एकद्वार प्रणालीमा ल्याउनुपर्ने लगायतका माग गर्दै आन्दोलनरत छन् ।

शिक्षकहरूले आफ्ना माग सम्बोधन नभएसम्म कक्षा १२ को परीक्षामा सहभागी नहुने अडान राखेका छन् । यसअघि भएका सहमतिहरू कार्यान्वयनमा नआएको भन्दै उनीहरूले सरकारले ऐन जारी नगरेसम्म परीक्षा वहिष्कार गर्ने चेतावनी दिँदै आएका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट