Techie IT
२०८२ वैशाख ९, मंगलबार

शिक्षामन्त्रीको राजीनामापछि कक्षा १२ को परीक्षा अन्योलमा, राष्ट्रिय परीक्षा बोर्डको आकस्मिक बैठक बस्दै


देशभर शिक्षकहरूको हड्ताल चर्कँदै गएको बेला आज बिहान राष्ट्रिय परीक्षा बोर्डको आकस्मिक बैठक बस्दैछ। यही ११ बैशाखदेखि सुरु हुने भनिएको कक्षा १२ को परीक्षा अब हुने या नहुने भन्नेबारे स्पष्टता दिन यो बैठक निर्णायक मानिएको छ।

विद्यालयहरूले तालाबन्दी भोगिरहेका बेला परीक्षा सञ्चालन गर्ने अवस्था नरहेकाले बोर्ड दबाबमा परेको छ । बोर्डका अध्यक्ष महाश्रम शर्माले परीक्षा तयारीमा प्रभाव परेकाले आजको बैठकबाट आवश्यक निर्णय हुने जानकारी दिएका छन् ।

शिक्षकहरूले काठमाडौं केन्द्रित आन्दोलन गर्दै शैक्षिक हड्ताल जारी राखेका छन् । जबसम्म आन्दोलन रोकिएर विद्यालयमा शिक्षक फर्किँदैनन्, तबसम्म परीक्षा सञ्चालन सम्भव छैन भन्ने स्पष्ट सन्देश बोर्डमा पुगेको छ ।

यता, आन्दोलन चर्किएसँगै शिक्षामन्त्री विद्या भट्टराईले हिजो पदबाट राजीनामा दिएकी छन् । मन्त्रीको राजीनामापछि शिक्षा क्षेत्रको नेतृत्व शून्य जस्तै बनेको अवस्थामा परीक्षा कसरी अघि बढाउने भन्ने थप चुनौती देखिएको छ ।

अबको नजर परीक्षा बोर्डको निर्णयमा छ। परीक्षा स्थगन गर्ने कि वैकल्पिक योजना ल्याउने? बोर्डको आजको निर्णयले लाखौं विद्यार्थीको भविष्यको बाटो खुल्नेछ वा अझ अन्योलमा पर्नेछ त्यो त हेर्न वाँकी छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट