Techie IT
२०८२ वैशाख १३, शनिबार

यात्री एक्सप्रेस कुरियर कम्पनीको मुख्य शाखा पोखरामा विस्तार


राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कुरियर सेवा सुचारू गरेको छोटो समयमै यात्री एक्सप्रेस कुरियर कम्पनीले देश भरि आफ्नो शाखा विस्तार गरिरहेको छ । नयाँ वर्षको उपलक्षमा कम्पनीले पोखराको जीरोकिलोमा पनि आफ्नो शाखा विस्तार गरेको छ । पोखराको शाखाले गण्डकी प्रदेश भरीको व्यवस्थापन गर्नेछ भने पर्वत, तनहु, बाग्लुङ्ग र लम्जुङ्गमा पनि शाखा विस्तार भइसकेको छन् ।

हाल अनलाइनमा व्यापार व्यवसाय फस्टाइरहदाँ सामान ढुवानी गर्न कुरियर कम्पनीहरु पनि बढिरहेका छन् । यात्रीले छिटो सेवा दिने र रियलटाइम ट्रयाकिङ्ग सिस्टम बाट ग्राहकले आफ्नो सामान कता पुग्यो ? कहिले आफुसम्म पुग्छ भनेर मोबाइल बाटै थाहाँ पाउने भएकाले ग्राहकहरुले यात्री एक्स्प्रेसलाई मनपराइरहेको यात्री एक्सप्रेसका संस्थापकले बताएका छन् । कम्पनीले अहिले नेपालभरि नै शाखा विस्तार गरि विश्वासिलो र भरपर्दो कुरियर कम्पनीका रुपमा आमजनमानसमा स्थापित हुने गरि योजना लागु गरिरहेको छ ।

स्टार्टअपका रुपमा शुरु गरेको यात्री एक्स्प्रेस कुरियर कम्पनीले देशभरि रहेका इकमर्सबेसमा रहेका कम्पनीहरु सँग डेलिभरी लजिस्टिक पार्टनरका रुपमा कामगर्ने गरि अगाडि बढिरहेको छ । देशमै धेरै युवाहरुलाई रोजगारी दिने गरि लागिरहेको छ ।

 

For details

https://www.yatriexpress.com/ 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट