Techie IT
२०८२ वैशाख ९, मंगलबार

एक तोला सुनको मूल्य दुई लाख नजिक


अन्तरराष्ट्रिय बजारमा लगातार सुनको मूल्य बढिरहेको छ ।  त्यसको असर स्थानीय बजारमा पनि परेको छ । आज एक तोला पहेँलो धातुको मूल्य रू एक लाख ९७ हजार ९०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

स्थानीय बजारमा सोमबारको तुलनामा आज एक तोलामा रू छ हजार ९००ले  सुनको भाउ बढेको हो । चाँदीको मूल्य पनि तोलामा रु १० ले  बढेको छ । आज चाँदीको मूल्य प्रतितोला  एक हजार ९७० कायम भएको छ ।

अन्तरराष्ट्रिय बजारमा आज प्रतिऔंस सुन तीन हजार ४७९ अमेरिकी डलरमा  कारोबार भइरहेको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट