Techie IT
२०८१ फागुन २६, सोमबार

सेयर बजारमा गिरावट, सबै सर्किट राताम्य


काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा उच्च गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ४६.३३ अंक घटेको छ । सो गिरावटपछि नेप्से २७७२ अंकमा कायम भएको छ ।

यो सहित लगातार पाँचौं दिन बजार घटेको छ । आज बजार खुलेदेखि कुनै पनि समय हरियो हुन सकेन ।

बजारको अंक घटे पनि कारोबार रकम उस्तै छ । अघिल्लो दिन १० अर्ब १० करोडको कारोबार भएकोमा आज १० अर्ब ९ करोडको भयो । कुल २४ कम्पनीको मूल्य बढ्दा २१७ को घट्यो भने २ को स्थिर रह्यो ।

यस दिन सबै सेक्टर घटेका छन् । अन्य सेक्टर सबैभन्दा धेरै २.६९ प्रतिशत घट्यो । दुई पुनर्बीमा कम्पनी हिमालयन रि र नेपाल पुनर्बीमाको मूल्यमा आएको करेक्सनले समग्र सेक्टरलाई बढी प्रभाव पार्‍यो ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट