Techie IT

कोशीको टापुमा फसेका ३४ जनाको उद्धार प्रयास असफल, आजको रात टापुमै वित्ने


अविरल वर्षासँगै सप्तकोशी नदीमा पानीको बहाव उच्च बन्दै गएको छ। जलसतह बढ्दै जाँदा वराहक्षेत्र ६ र ९ वडाका ३४ जना सर्वसाधारण अझै जोखिममा फसेका छन्। वराहक्षेत्र ६ को ठाकुरीवारीस्थित कोशीको बिच टापुमा भैँसी पालनमा रहेका उनीहरूलाई उद्धार गर्न प्रहरी र सशस्त्र बलको टोली असफल भएको छ।

इलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरी र सशस्त्र प्रहरी बल चतराबाट उद्धार टोली खटिए तापनि डुङ्गा वा बोट प्रयोग गरेर उद्धार गर्न असफल भएको हो। घटनास्थलमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र सुरक्षा निकायका प्रमुखहरूले दिउँसो नै पुगेको भए पनि मौसमका कारण हेलिकप्टर प्रयोग गरेर उद्धार गर्न नसकिएको बताइएको छ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीका अनुसार, फसेका व्यक्तिहरू अझै सुरक्षित छन् तर जोखिममा छन्। पानीको सतह निरन्तर बढिरहेको छ भने बाढीले केही पशु चौपाया बगाइसकेको छ। अधिकारीहरूका अनुसार, उद्धार गर्न मौसमले साथ दिएमा भोली बिहान हेलिकप्टर मार्फत उद्धार प्रयास हुने आशा व्यक्त गरिएको छ।

सप्तकोशीमा पानीको बहाव बढ्ने क्रम अझै जारी छ र हाल ५ लाख ९० हजार ३८५ क्युसेक प्रतिसेकेन्ड पुगेको छ। कोशी ब्यारेजका ५६ वटै ढोका खोलिएको छ भने सवारी साधन तथा मानिसहरूको आवतजावत पूर्ण रूपमा रोकिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट