पहिरोले पुरिएको बस बाट २ जनाको शव निकालियो

धादिङ – धुनिवेँशी नगरपालिका–९ झयाप्ले खेलामा आज बिहान पहिरोमा पुरिएको बसबाट दुई जनाको शव निकालिएको छ। बुटवलबाट काठमाडौँतर्फ जाँदै गरेको बस र अन्य दुई सवारीसाधन पहिरोमा पुरिएका थिए। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रल्हाद सिलवालका अनुसार, बसमा सवार एक महिला र एक पुरुषको शव निकालिएको छ।
बसमा चालकसहित १२ जना यात्रु रहेको जानकारी छ। बस मालिकले बुटवलबाट १२ जना र नारायणगढबाट थप एक यात्रु चढेको बताएका छन्। हालसम्म अरू यात्रुहरूसँग कुनै सम्पर्क हुन सकेको छैन।
देशभर भइरहेको निरन्तर वर्षा र पहिरोका कारण पृथ्वी राजमार्गको नौबिसे–नागढुङ्गा खण्ड अवरुद्ध भएको छ, र पहिरो पन्छाउने काम जारी छ।
यो पनि पढ्नुहोस
तपाईको प्रतिक्रिया दिनुहोस