Techie IT

३ दिनको वर्षाले विपदमा परि ६६ जनाको मृत्यु, सबै भन्दा धेरै उपत्यकामा क्षेती


काठमाडौं – तीन दिनदेखिको अविरल वर्षाले मुलुकभर बाढी, पहिरो, र डुबानको कारण शनिबार साँझसम्म ६६ जनाको मृत्यु भएको छ भने ७९ जना अझै बेपत्ता रहेका छन्। सशस्त्र प्रहरी बल नेपालका अनुसार, देशभरि विभिन्न स्थानमा विपद्का कारण ३५ जना घाइते भएका छन्। सशस्त्र प्रहरीका प्रवक्ता, सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेले दिएको जानकारी अनुसार, अहिलेसम्म २,००० भन्दा बढी व्यक्तिहरूलाई उद्धार गरिएको छ।

सबैभन्दा बढी क्षति उपत्यकामा भएको छ, जहाँ ३४ जनाले ज्यान गुमाएका छन्। काठमाडौंमा ११, भक्तपुरमा ५, र ललितपुरमा १८ जनाको मृत्यु भएको छ। यस्तै, पाँचथरमा ५, धनकुटामा २, सोलुखुम्बुमा २, सुनसरीमा १, काभ्रेमा १४, धादिङमा १, सिन्धुपाल्चोकमा ४, र दोलखामा ३ जनाको मृत्यु पुष्टि भएको छ।

बेपत्ताहरूको सङ्ख्या ७९ पुगेको छ, जसमा ललितपुरका १५, काभ्रेका २६, काठमाडौंका ६, मकवानपुरका ७, दोलखाका ३, झापाका ४, पाँचथरका ५, सिन्धुपाल्चोकका ५ जना छन्। विपद्का कारण २०० भन्दा बढी घरहरूमा क्षति पुगेको छ।

नेपाल प्रहरीका सहप्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले सुरक्षा निकाय र अन्य उद्धार टोलीहरू मिलेर अहिले पनि उद्धार कार्य जारी रहेको बताए। उद्धारमा १० हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ भने सशस्त्र प्रहरी बलले पनि उद्धार टोली सक्रिय बनाएको छ।

बाढी र पहिरोको कारण हालसम्मको क्षति गम्भीर रहेको भन्दै सरकारले तत्काल राहत र पुनर्स्थापना कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट