Techie IT
२०८२ वैशाख १५, सोमबार

भारतको मध्य प्रदेश राज्यमा सवारी दुर्घटना हुदाँ १२ जनाको मृत्यु


भारतको मध्य प्रदेश राज्यको मन्दसौर क्षेत्रमा आइतवार भएको एक दुखद दुर्घटनामा १२ जनाको ज्यान गएको छ । उनीहरू मन्दिर जाँदै गर्दा चढेको सवारी साधन अनियन्त्रित भई इनारमा खसेको प्रहरीले पुष्टि गरेको छ ।

स्थानीय समाचार अनुसार सवारीले पहिला एक मोटरसाइकललाई ठक्कर दिएको थियो र त्यसपछि चालकको नियन्त्रण गुम्दा इनारमा खसेको हो । मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भयो । इनारमा खसेका यात्रुहरूलाई बचाउन प्रयास गर्ने एक व्यक्तिको पनि ज्यान गएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई प्रति व्यक्ति दुई लाख रुपैयाँ आर्थिक सहायता दिने घोषणा गरेका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट