Techie IT
२०८२ वैशाख ११, बिहीबार

देशभर विभिन्न स्थानमा चार जना मृत अवस्थामा फेला


देशका विभिन्न स्थानहरूमा हाल परिचय नखुलेका चारजना व्यक्तिहरू मृत अवस्थामा फेला परेका छन्। घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

काठमाडौं महानगरपालिका–८ स्थित पशुपति आर्यघाट नजिकै सत्तल पेटिमा एक अन्दाजी ३५ वर्षीय पुरुष बुधबार बिहान मृत अवस्थामा फेला परेका हुन् । मृतकको नाम, थर र वतन खुल्न सकेको छैन ।

त्यस्तै, खोटाङ जिल्लाको ऐसेलुखर्क गाउँपालिका–१ वादस्कु बस्ने ४५ वर्षीय यादवराज राई मंगलबार राखाबाङदेलस्थित सडक छेउमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

चितवनको कालिका नगरपालिका–५ स्थित भीमउली सामुदायिक वनमा अन्दाजी ६२ वर्षीय एक पुरुष मंगलबार मृत भेटिएका छन्। मृतकको परिचय खुल्न बाँकी छ ।

यस्तै, धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२३ जिरोमाईलस्थित बसपार्कको मुख्य गेट अगाडि अन्दाजी ४५ वर्षीय एक पुरुष मंगलबार मृत अवस्थामा भेटिएका छन्। उनको नाम, थर र वतन खुल्न सकेको छैन ।

संबन्धित जिल्लाका प्रहरी कार्यालयहरूले घटनाको अनुसन्धान अघि बढाएका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट