Techie IT
२०८२ वैशाख ३, बुधबार

ओखलढुङ्गामा चट्याङ लागेर दुई घाइते


ओखलढुङ्गा । यहाँको चम्पादेवी गाउँपालिका–९ डल्लीडाँडामा चट्याङ लागेर दुई जना घाइते भएका छन् । आज चट्याङको झिल्को लागेर त्यहाँस्थित हरी तामाङको होटलमा  खाजा खाँदै गरेका दुई जना घाइते भएका हुन् ।

चट्याङ लाग्दा चम्पादेवी–८ विलन्दुका ३१ वर्षीय  चुत्रबहादुर दर्जी र त्यहाँकै पुरानो गाउँ बस्ने गणेश लाखेकी छोरी १६ वर्षीया सविना लाखे घाइते भएकी प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए । घाइतेको तत्काल उद्धार गरी नजिकैको स्वास्थचौकीमा उपचारका लागि पठाइएको उनले बताए ।

चम्पादेवी गाउँपालिकाको पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन भइरहेको स्थान नजिकै परेको चट्याङको झिल्काले अन्य केही स्थानीय तथा खेलाडीलाई समेत चोट लागेको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट