Techie IT
२०८२ वैशाख ३, बुधबार

झापामा करेन्ट लागेर एकजनाको मृत्यु


झापा जिल्लाको कनकाई नगरपालिका–१ मा करेन्ट लागेर आज एकजनाको मृत्यु भएको छ । आज बिहान घरमा पानी तान्न विद्युतीय मोटर जोड्ने क्रममा करेन्ट लागेर ६६ वर्षीय ताराबहादुर विश्वकर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

उनका अनुसार करेन्ट लागेर घाइते भएका विश्वकर्मालाई आफन्तले बिर्तासिटी अस्पताल बिर्तामोड लैजादै गर्दा बाटोमा मृत्यु भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट