कालिन्चोकमा आगलागी, ६ लाख बराबरको धनमाल नष्ट

दोलखाको कालिन्चोक गाउँपालिका–२ कुसावतीमा बिहीबार बिहान भएको आगलागीबाट करिब ६ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ।
स्थानीय मोहन थामीको घरमा लागेको आगोका कारण घर पूर्णरूपमा जलेको र घरभित्र रहेका सामग्रीहरु समेत नष्ट भएको प्रहरीले जनाएको छ। आगलागीको कारण खुल्न नसकेको जनाइएको छ।
प्रहरीले स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिएको छ भने आगलागीको कारण र क्षतिको विस्तृत विवरणबारे अनुसन्धान भइरहेको जनाएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस