Techie IT
२०८२ वैशाख ६, शनिबार

देशका दुई स्थानमा दुई जना मृत अवस्थामा फेला


देशका दुई स्थानमा बिहीबार एक पुरुष र एक बालिका मृत अवस्थामा फेला परेका छन्।

कञ्चनपुर:
लालझाँडी गाउँपालिका–२ स्थित कसुवा जंगलमा कृष्णपुर नगरपालिका–७, कलुवापुर निवासी ३६ वर्षीय रामनिवास राना बिहीबार मृत अवस्थामा फेला परेका छन्। घटनाको कारण खुल्न बाँकी रहेको र यस विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

इलाम:
सूर्योदय नगरपालिका–९ मा रहेको माछा पोखरीमा सोही नगरपालिका–१२ निवासी राजकुमार राईकी ८ वर्षीया छोरी प्रिङतिका राई मृत अवस्थामा फेला परेकी छन्। घटनाको कारण खुलाइएको छैन र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रहरीले दुबै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान सुरु गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट