आगलागीबाट ठूलो धनमालको नोक्सान

काठमाडौं । आइतबार देशका विभिन्न स्थानमा आगलागीका घटना हुँदा ठूलो धनमालको नोक्सान भएको छ ।
सोलुखुम्बु, धर्मदेवी नगरपालिका-४ तिरतिरे बस्ने कुमारी रोक्काको घरमा आगलागी हुँदा घर र घरभित्र रहेका नगद, अन्नपात, भाँडावर्तन, लत्ताकपडा लगायतका सामानहरू जलेर करिब ८ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
झापा, दमक नगरपालिका-४ अडियामल बस्ने भरत बहादुर खड्काको गोठमा आगलागी हुँदा गोठ पूर्णरूपमा जलेर करिब ३ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
बाँके, बैजनाथ गाउँपालिका-५ जि गाँउ पश्चिम लाऐन बस्ने भिम बहादुर पुन मगरको घरमा आगलागी हुँदा करिब ३ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
रौतहट, माधव नारायण नगरपालिका-६ माधोपुर बस्ने तेजु पंडित कुमहारको घरमा विद्युत सर्ट भई आगलागी हुँदा करिब १० लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
भोजपुर, भोजपुर नगरपालिका-११ आम्तेकस्थित राङमाङ्गे गाउँको जंगलमा आगो फैलिएर श्याम बहादुर भण्डारीको घर र सिंचाई र खानेपानीका पाइपहरू जलेर करिब ३ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
धनुषा, मिथिला नगरपालिका-१० लालगढ स्थित धनेश्वरि खानेपानी संस्थाको कम्पाउण्डभित्र आगलागी हुँदा पाइपहरू जलेर करिब ७ लाख रूपैयाँको नोक्सान भएको छ ।
त्यसैगरी, धनुषा, मिथिला नगरपालिका-१० लालगढ बस्ने निर बहादुर गिरीको घरमा आगलागी हुँदा घर र भित्रका सामानहरू जलेर करिब २५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
कास्की, पोखरा महानगरपालिका-१० शिव चोक बस्ने गौतम थापाको गोठमा आगलागी हुँदा गोठ पूर्णरूपमा जलेर ४ लाख रूपैयाँको नोक्सान भएको छ ।
मोरङ, कटहरी गाउँपालिका-२ स्थित जिवन बिकास संस्थानको पछाडि रहेको जेनेटरको घरमा आगलागी हुँदा जेनेटर, युपिएस, ब्याट्री र केबल वायर जलेर क्षति भएको छ ।
धनकुटा, छथरजोरपाटी गाउँपालिका-३ तंखुवा खत्री गाउँस्थित राम्चे जंगलमा आगो फैलिएर सोही ठाउँका विभिन्न घर र गोठमा आगलागी हुँदा १५ लाख रूपैयाँ बराबरको नोक्सान भएको छ ।
सुनसरी, बर्जु गाउँपालिका-४ फुल्की चोक बस्ने मो.कलामको घरमा राति आगलागी हुँदा घर जलेर करिब २ लाख रूपैयाँको नोक्सान भएको छ ।
मकवानपुर, बागमती गाउँपालिका-३ घट्टेदमार बस्ने कान्छा तामाङको घरमा आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब २ लाख रूपैयाँको नोक्सान भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिएको छ र यस सम्बन्धमा अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस