Techie IT
२०८२ वैशाख ४, बिहीबार

मृत अवस्थामा फेला


सोलुखुम्बु र डोल्पामा दुई जना मृत अवस्थामा फेला परेका छन् ।

सोलुखुम्बु जिल्ला, नेचासल्यान गाउँपालिका-४ पुरानोखानी बस्ने २२ वर्षीया एलिषा राई आइतबार मृत अवस्थामा फेला परेकी छन्। उनी सोही गाउँपालिका-४ स्थित टुइनटारमा रहेको दुधकोशी खोलाको किनार छेउमा मृत अवस्थामा पाइएकी हुन् । घटनासम्बन्धी प्रहरीले अनुसन्धान गरिरहेको छ ।

त्यस्तै, डोल्पा जिल्लाको ठुली भेरी नगरपालिका-३ गैदानास्थित ठुलीभेरी नदीमा काईके गाउँपालिका-६ बस्ने ७५ वर्षीय ग्याल्जेन रोकाया पनि आइतबार मृत अवस्थामा फेला परेका छन् । यो घटनासम्बन्धी पनि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रहरीले दुबै घटनामा अनुसन्धान जारी राखेको जानकारी दिएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट