विभिन्न स्थानमा दुई जना मृत अवस्थामा फेला

देशका दुई स्थानमा बुधबार दुई जना मृत अवस्थामा फेला परेका छन् ।
उदयपुरको चौदण्डीगढी नगरपालिका–४ मकमडाँडाका ५० वर्षीय गंगाराम खनाल सोही नगरपालिका–२ गंगटे स्थित खेतमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
यस्तै, संखुवासभाको पाँचखपन नगरपालिका–५ अर्चलेका ५४ वर्षीय धनबहादुर तामाङ आफ्नै बारीमा मृत अवस्थामा भेटिएका छन् ।
दुवै घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस