Techie IT
२०८२ वैशाख ९, मंगलबार

गोरखा दरबारमा परम्परागत फूलपाती भित्र्याइयो


गोरखा – गोरखा दरबार स्थित दसैँघरमा आज परम्पराअनुसार विधिपूर्वक फूलपाती भित्र्याइएको छ। साँझको शुभ साइतमा गोरखा दरबारमा हर्ष बढाइँका साथ फूलपाती भित्र्याइएको गोरखाकाली मन्दिरका मूल पुजारी शारदाप्रसाद भट्टराईले जानकारी दिनुभयो।

गोरखा दरबारका सुसारे, नेपाली सेना, नेपाल प्रहरी, सरकारी कर्मचारी, र स्थानीयवासीसहितको लावा लस्करसहितको टोलीले जङ्गलबाट ल्याइएको दारिक, बेलको पात, उखु, केराको पात, अदुवा, र मौसमी फलफूल फूलपातीको रूपमा दसैँघरमा भित्र्याएको हो। मङ्गलिनीहरूले मङ्गल गीत र मालश्री राग गाई, बन्दुके हर्ष बढाइँ गर्दै फूलपानी पर्सने सिडीसम्म फूलपाती भ्यिाउन पुगेका थिए।

गोरखा दरबारमा हरेक वर्ष रवान क्षेत्रको पश्चिम डाँडामा आधा घाम तल र आधा घाम माथि देखिने समयमा फूलपाती भित्र्याउने परम्परा रहँदै आएको छ। आज बिहान गोरखा दरबारबाट काठमाडौँको हनुमान ढोका दरबारमा पनि फूलपाती पठाइएको थियो।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट