Techie IT

तिहारमा सेलरोटी बिक्रीबाट एक लाख आम्दानी

उनले भनिन्, “यो तिहारमा एक लाखभन्दा धेरै आम्दानी भयो।”


बाँके, नेपालगञ्ज–१० आदर्शनगर निवासी रिता गुरुङ वैदेशिक रोजगारीबाट फर्किएर अहिले स्वदेशमै उद्यममा लागेकि छन्। दुई वर्षदेखि उनले सेलरोटी बनाएर बिक्री गर्दै आइरहेकि छन्। रिता भन्छिन्, “म यही काममा रमाइरहेकी छु, नेपालगञ्जका होटल र क्याफेहरूमा सेलरोटी बिक्री हुन्छ।”

रिताले दैनिक ५० देखि १०० सेलरोटी पकाएर बजारमा वितरण गर्ने गरेकि छन् । उनका अनुसार दसैँ र तिहारजस्ता चाडपर्वमा रोटीको माग अत्यधिक हुन्छ। “अन्य समयभन्दा चाडपर्वमा सेलरोटीको माग बढी हुन्छ,” उनेले भनिन्, “अहिले नेपालगञ्ज बाहिर कोहलपुर, खजुरा, राँझा विमानस्थलबाट पनि अर्डर आउँछ।”

पहिला खाडी मुलुक कुवेतमा रोजगारीका लागि गएकी गुरुङले यो वर्षको तिहारमा सेलरोटी, फिनी र झिनिया बेचेर एक लाखभन्दा बढी आम्दानी गरेकि छन् । उनले झिनिया (सिन्कामारी), फिनी, सेल र बतासा रोटी तयार पारेर बिक्री गरेको बताएकि छन् । “तिहारमा ग्राहकहरू बारम्बार आउनुहुन्छ,” उनले भनिन्।

यो वर्ष झिनिया रोटी प्रतिगोटा रु ३०, फिनीरोटी रु ४०, सेलरोटी रु ३० र बतासा रु १५ मा बिक्री भएको हो। चाडपर्वको समयमा रोटी व्यवसायले राम्रो आम्दानी दिनुका साथै घरखर्च धान्न सहज भएको उनले बताइन् ।

रिताले खोलेको खाजा नास्ता पसलसँगै रोटी बनाउने उद्यमले अहिले घरपरिवार चलाउन र छोराछोरीको पढाइ खर्च जुटाउन सहयोग पुर्‍याएको छ। “तिहारको समयमा अर्डर पूरा गर्न बिहानदेखि रातिसम्म रोटी बनाउन व्यस्त रहनुपर्छ,” उनले भनिन्, “यो तिहारमा एक लाखभन्दा धेरै आम्दानी भयो।”



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट