Techie IT

सरकारी जागीरसँगै कालिजपालन, वार्षिक १२ लाखको बिक्री गर्दै


बागलुङको ढोरपाटन नगरपालिका–२ सलामकोटका चुडामणि कँडेलले छ वर्षदेखि कालिजपालन गर्दै आएका छन् । पेसाले स्वास्थ्यकर्मी रहेका कँडेल बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत छन् र कार्यालय समय बाहिर आफ्नै कालिज फार्ममा व्यस्त हुनेगरेका छन्। 

व्यवसायिक यात्रा सुरु गर्न उनले काभ्रेपलाञ्चोकबाट तीन पोथी र एउटा भाले कालिज रु २४ हजारमा ल्याएर कालिजपालनको प्रारम्भ गरेका थिए। कालिजपालन व्यवसायमा अहिले सम्म २५ लाखभन्दा बढी लगानी गरिसकेका कँडेलले अहिले चल्लासमेत उत्पादन गर्दै आएका छन् । 

‘सानो स्वर्ग’ नामको फार्म दर्ता गरेर सुरुमा केवल रहरको रूपमा थालिएको यस व्यवसायले अहिले व्यावसायिक रूप लिएको छ। कँडेलले भने, “केही वर्ष अघि एउटा कालिज फार्म हेर्ने अवसर मिल्यो, त्यसपछि काभ्रेबाट चार वटा कालिज ल्याएर पाल्न थालेँ। त्यतिबेला मैले व्यवसाय गर्ने सोचेको थिइँन। तर, ती कालिजहरू हुर्केर अण्डा दिन थालेपछि व्यवसायिक सम्भावना देख्न थालेँ।”

कोभिड–१९ महामारीका समयमा पाँच सय कालिज मरेर लाखौँको नोक्सानी व्यहोर्नु परे पनि कँडेलले हार मानेनन् । फार्म रित्तो भएपछि पुनः चल्ला ल्याएर फार्म पुनः सञ्चालन ल्याए । अहिले उनको उत्पादन बुर्तिवाङ, बागलुङ, र काठमाडौंसम्म पुग्ने गरेको छ। भाले कालिजको मूल्य रु २,५०० र पोथीको रु १,५०० राखेर बिक्री गर्दै आएका छन् ।

कँडेलको फार्ममा हाल सात सय कालिज रहेका छन्। दसैँमा मात्र तीन सय कालिज बिक्री भएका थिए । वार्षिक १२ लाख रुपैयाँको कालिज बिक्री गर्दै आएको कँडेलको भनाइ छ। 

उनले कालिज पाल्न करिब सात महिना लाग्ने र बजारमा माग अनुसार बिक्री गर्नसके अझै धेरै आम्दानी गर्न सकिने बताए।

कालिजपालनको सुरुवात रहरले गरिए पनि आज यो व्यवसायमा रुपान्तरण भएको छ। कँडेललाई अहिले यस क्षेत्रमा अझै व्यापक सम्भावना देखिएको छ, र व्यवसाय विस्तार गर्नसक्ने लक्ष्य रहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट