कोशी र मधेश प्रदेशमा वर्षा, अन्य भागमा मौसम सामान्य रहने पूर्वानुमान
बुधबारको मौसमको पूर्वानुमान अनुसार कोशी र मधेश प्रदेशसँगै देशका पहाडी क्षेत्रहरूमा आंशिकदेखि सामान्य बादल रहने छ।

बुधबारको मौसमको पूर्वानुमान अनुसार कोशी र मधेश प्रदेशसँगै देशका पहाडी क्षेत्रहरूमा आंशिकदेखि सामान्य बादल रहने छ। यसैबीच, देशका अन्य भागहरूमा आंशिक रूपमा बादल लागेकोदेखि मुख्यतया सफा मौसम रहनेछ।
कोशी प्रदेशका केही स्थानहरूमा र अन्य प्रदेशका पहाडी क्षेत्रका एक वा दुई स्थानहरूमा हल्का देखि मध्यम वर्षासहित चट्याङ र बिजुलीको सम्भावना रहेको छ।
रातको समयमा कोशी र मधेश प्रदेशसँगै बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रहरूमा आंशिकदेखि सामान्य बादल रहने पूर्वानुमान गरिएको छ।
अन्य भागहरूमा आंशिक रूपमा बादल लागेकोदेखि मुख्यतया सफा मौसम रहनेछ।
मौसम पूर्वानुमान महाशाखाले कोशी प्रदेशका केही स्थानहरूमा र मधेश प्रदेश र अन्य भागका पहाडी क्षेत्रहरूमा हल्का देखि मध्यम वर्षासहित चट्याङ र बिजुलीको सम्भावना रहेको जनाएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस