आजदेखि इन्द्रजात्रा प्रारम्भ, ध्वजासहितको लिङ्गो ठड्यादैं
आज भाद्र शुक्ल द्वादशीका दिनबाट काठमाडौँ उपत्यकाको प्रमुख पर्व इन्द्रजात्रा सुरु हुँदैछ। वर्षा र सहकालका देवता इन्द्रको पूजा गर्दै मनाइने यो पर्वलाई नेवार समुदायमा "येँया पुन्हि" पनि भनिन्छ।
हनुमानढोका अगाडि इन्द्रध्वजासहितको लिङ्गो ठड्याएपछि विधिवत रूपमा सुरु हुने यस जात्रामा नाचगान, रथयात्रा, र देवीदेवताका पूजार्चना सहित आठ दिनसम्म विविध कार्यक्रमहरू हुने गर्छन्। इन्द्रध्वजाको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने परम्पराले यस पर्वलाई विशेष बनाएको छ।
इन्द्रजात्रा काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल र दोलखालगायतका क्षेत्रमा धुमधामका साथ मनाइन्छ। यस वर्ष असोज १ गते मङ्गलबार मुख्य दिन मानिएको छ, जहाँ राष्ट्रप्रमुखले गणेश, भैरव र कुमारीको दर्शन गर्ने परम्परा रहेको छ। सरकारले सो दिन काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस