Techie IT

फिल्म ‘शाम्बाला’ राम्रो व्यापार गर्दै , बलिउड निर्देशक राजकुमार हिरानी शाम्बाला हेर्न नेपाल आउने


हिजो शुक्रबारदेखि नेपालभर प्रदर्शनमा आएको फिल्म ‘शाम्बाला’ले धेरैको ध्यान आकर्षित गरेको छ। हिजो पहिलो दिन २५ -३० लाख सम्म कलेक्सन गरेको देखिन्छ । आज सनिवार पनि ५० लाख जतिको कलेक्सेन गरेको अनुमान गरिएको छ । 

 मीनबहादुर भामको निर्देशनमा बनेको यो फिल्म थुप्रै अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा सहभागी भइसकेको छ र यसले हलमा पनि राम्रो शो पाएको छ। काठमाडौँमा  आयोजित प्रिमियरमा बलिउड अभिनेता नवाजुद्दीन सिद्दीकी र निर्देशक अनुराग कश्यपको उपस्थिति रहेको थियो ।

फिल्म ‘शाम्बाला’को कथा कर्णालीको हिमाली गाउँमा प्रचलित बहुपतिप्रथामा आधारित छ। फिल्मको मुख्य पात्रले तीनजना दाजुभाइसँग विवाह गरेकी हुन्छिन् । गर्भवती भएपछि उनी आफ्नो हराएको जेठो श्रीमान्लाई खोज्न दोस्रो श्रीमानसँग लामो यात्रामा निस्किन्छिन् । फिल्ममा थिन्ले ल्हामो, सोनम तोप्देन, तेन्जिन दल्हा, कर्मा वाङ्ग्याल गुरुङ, र कर्मा शाक्यजस्ता कलाकारहरूको उत्कृष्ट अभिनय देख्न सकिन्छ।

‘शाम्बाला’ फिल्म हेर्नका लागि प्रसिद्ध बलिउड निर्देशक राजकुमार हिरानी नेपाल आउने तयारीमा छन् । मीनबहादुर भामका अनुसार, अर्को हप्ता हिरानी काठमाडौंमा ‘शाम्बाला’ हेर्ने र त्यसपछि पोखरा भ्रमण गर्ने कार्यक्रम छ। हिरानीले यसअघि निर्देशन गरेका ‘थ्री इडियट्स’, ‘पिके’, ‘सन्जु’, र ‘डंकी’ जस्ता फिल्महरू नेपाली बक्स अफिसमा पनि सफल भएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट