Techie IT

‘हरर’ विधामा बन्यो चलचित्र ‘मम्मी’


File Photo

समर निरौलाले पहिलो निर्देशकीय चलचित्र ‘मम्मी’ ‘हरर’ विधामा तयार गरेका छन् । नेपालमा यस विधालाई हेर्ने दर्शक भएता पनि प्राविधिक कठिनाइका कारण यस्ता चलचित्र निकै कम बन्ने गरेका छन् ।     
    
नेपालमा ‘हरर’ विधामा निर्माण भएका विदेशीसँगै स्वदेशी चलचित्रले राम्रो कमाइ गरेता पनि निर्माणमा सुस्तता देखिनु प्राविधिक कठिनाइलाई मुख्य कारण मानिएको छ ।     
    
चलचित्रका निर्देशक निरौलाले ‘मम्मी’ चलचित्रलाई हरेक पक्षमा उत्कृष्ट बनाउने प्रयास गरेको बताए । उनले भने, “हामीले बनिरहेका नेपाली चलचित्रभन्दा केही फरक गर्ने प्रयास गरेका छौँ । यो एउटा परिवारको कथा हो । कुकुरको निधन भएपछि आउने घटनाक्रमलाई यसमा देखाएका छौँ ।”     
    
उनले चलचित्रको प्रचारप्रसार सामग्रीलाई फरक बनाउने प्रयास गरेको बताए । यस चलचित्रमा अभिनेत्री प्रियङ्का कार्की, दीया मास्के, सुलक्षण भारती, समीप निरौला, घनश्याम जोशी, आयुषी ढकाल, जेभिस श्रेष्ठ, गुराँस ढकाल, रिना ढकाललगायत कलाकारले अभिनय गरेका छन् ।     
    
निर्देशक निरौलाकै लेखन रहेको चलचित्रमा निशल पौडेल र शरद महतोले छायाङ्कन, दीपेश चौधरीले रङ्ग संयोजन, सुरेन महर्जनले सम्पादन गरेका छन् ।     
 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट