Techie IT

चलचित्र भवनमा नेपाली चलचित्रको दबदबा


नेपाली चलचित्रले पछिल्लो समय दर्शकको अत्यन्त राम्रो साथ पाउँदै आएको छ। विशेषगरी दसैँपछि प्रदर्शनमा आएका चलचित्रहरूले उल्लेखनीय व्यापार गर्न सफल भएका छन्। अहिले राजधानीका चलचित्र भवनहरूमा स्वदेशी चलचित्रकै प्रभाव देखिन थालेको छ।

‘पूर्णबहादुरको सारङ्गी’ ले तोड्यो व्यापारको रेकर्ड
कात्तिक १५ गतेदेखि प्रदर्शनमा आएको चलचित्र पूर्णबहादुरको सारङ्गी ले घरेलु बजारमा मात्र ४० करोडभन्दा बढीको ग्रस कलेक्सन गरेको निर्माण पक्षले दाबी गरेको छ। विदेशमा समेत उच्च प्रदर्शन गरिरहेको यस चलचित्रले नेपाली सिने उद्योगलाई नयाँ उचाइमा पुर्‍याएको छ।

‘ह्रस्व दीर्घ’ ले लगानी सुरक्षित
कात्तिक ३० गतेदेखि प्रदर्शनमा आएको ह्रस्व दीर्घ ले ओटिटी र विदेशी बजारबाट समेत उल्लेखनीय आम्दानी गरेको छ। निर्मात्री तथा अभिनेत्री नीता ढुंगानाले भारतको ओटिटी प्लेटफर्ममा चलचित्र महँगो मूल्यमा बिक्री गरिसकेको जानकारी दिएकी छिन्। नेपालमा मात्र एक सातामा ५ करोड ५४ लाखको व्यापार गरेको यो चलचित्रले स्वदेशी सिनेमा उद्योगमा नयाँ आशा जगाएको छ।

‘तेल भिसा’ को राम्रो प्रदर्शन
सामाजिक कथावस्तुमा आधारित तेल भिसा ले पनि परिवारसहित दर्शकलाई हलसम्म तान्न सफल भएको वितरक करण श्रेष्ठले बताएका छन्। विशेषगरी विदेशिएका परिवारको भावनात्मक कथाले दर्शकको मन जितेको छ।

अभिनेता रमेश उप्रेतीका अनुसार, पछिल्लो समय बनेका चलचित्रहरूले नेपाली माटो सुहाउँदो कथा र प्रस्तुतिलाई समेटेका कारण दर्शकको रोजाइमा परेका छन्। उनले भने, “नेपाली चलचित्रहरूले अहिले आफ्नो स्तर उचाल्दै कथामा गहिराइ ल्याएका छन्। दर्शक यस्ता कथासँग जोडिन सक्छन्, जसले चलचित्रलाई सफल बनाउँछ।”

विदेशी चलचित्रको तुलनामा अहिले नेपाली चलचित्रले राम्रो प्रदर्शन गरिरहेको देखिएको छ। दसैँअगाडि शो पाउन संघर्ष गरेका चलचित्रहरू आज आफ्नै प्रदर्शनमा दर्शकको भीड देखिरहेका छन् ।  
 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट