Techie IT

आज देखि यी हलहरुबाट हट्दैं पूर्णबहादुरको सारंगी

निर्माण पक्षले सिनेमा हेर्न चाहने दर्शकहरूलाई नजिकैको अर्को हलमा गएर फिल्म हेर्न आग्रह गरेको छ।


फिल्म पूर्णबहादुरको सारंगी का निर्माताले प्रदर्शकहरूले उपलब्ध गराएको कलेक्सन रिपोर्टप्रति असन्तुष्टि जनाउँदै, मोफसलका २० हलबाट फिल्म हटाउने निर्णय गरेका छन्। निर्माता कम्पनी सेभेन सिजले शुक्रबार एक विज्ञप्ति जारी गर्दै यो जानकारी दिएको हो।

विज्ञप्तिमा उल्लेख भएअनुसार, केही सिनेमा घरहरूले फिल्म हाउसफुल अकुपेन्सीमा चलेको भए पनि निर्माण पक्षलाई प्राप्त भएको ग्रस कलेक्सन रिपोर्टमा आपत्ति रहेको छ। यस असहमतिको कारण निर्माण पक्षले ती हलहरूबाट आज शनिबारदेखि फिल्म हटाउने निर्णय गरेको छ। हटाइने सिनेमा हलहरूमा विराटनगरको अरुण हल, जनकपुरको निलम सिनेमाज, गोरखाको गोरखा हल, बुटवलको द्धारिका हल लगायत अन्य स्थानका हलहरू समावेश छन्।

निर्माण पक्षले सिनेमा हेर्न चाहने दर्शकहरूलाई नजिकैको अर्को हलमा गएर फिल्म हेर्न आग्रह गरेको छ। पूर्णबहादुरको सारंगी प्रदर्शनमा आएका बेला धेरै हलहरूमा हाउसफुल अकुपेन्सीमा चलेको बताइएको छ, तर कलेक्सन रिपोर्टमा देखिएका त्रुटिहरूले निर्माण पक्षलाई असन्तुष्ट बनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट