Techie IT

पाक पुस्तक ‘द मिस्टिक किचेन्स अफ नेपाल’ सार्वजनिक


प्रसिद्ध पाकविज्ञ तथा प्रशिक्षक शेफ विक्रम वैद्यद्वारा लिखित पाक पुस्तक (कुकबुक) द मिस्टिक किचेन्स अफ नेपाल सार्वजनिक गरिएको छ ।

आज आयोजित एक कार्यक्रम बीच उक्त पुस्तकको विमोचन गदैँ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले बृहत् पुस्तकमार्फत नेपाली खाना संस्कृति र परिकारलाई अन्तर्राष्ट्रिय जगत्मा प्रवर्द्धन गर्न योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए । 

उनले खाना जीवन धान्नका लागि मात्र नभई जनताको स्वास्थ्य, संस्कृति र परम्परासँग घनिष्ट रूपमा जोडिएको उल्लेख गर्नुहुँदै समृद्ध नेपाली खाद्य संस्कृतिको संरक्षणका लागि पुस्तक निकै महत्वपूर्ण हुने धारणा राखेका थिए । 

“पुस्तकले देशमा आवश्यक दक्ष जनशक्ति उत्पादन गर्न र शेफ पेसालाई मर्यादित बनाउनका लागि पनि महत्वपूर्ण भूमिका निभाउन सक्छ । यसका लागि लेख शाक्यको प्रशंसाको पात्र हुनुहुन्छ”, मन्त्री पौडेलले भने ।

पुस्तकका लेखक वैद्यले आफूले २० वर्षभन्दा लामो समयदेखि यस क्षेत्रमा गरेको गहन अध्ययन, अनुसन्धान र अभ्यासको परिणाम यो पुस्तक भएको बताए । अङ्ग्रेजी भाषामा लेखिएको वैद्यको यो पुस्तक अमेरिकामा यस अघि नै विमोचन भई बिक्री वितरण भइरहेको छ । पुस्तक प्रतिष्ठित जेम्स ब्रेड अवार्डमा प्रतिस्पर्धाका लागि स्वीकृत भएको पनि उनले जानकारी दिए ।

यस पुस्तकमा व्यञ्जनको सांस्कृतिक र ऐतिहासिक महत्वबारे संक्षिप्त टिप्पणीसहित एक सय ४० भन्दा बढी मौलिक नेपाली ‘रेसिपी’ समावेश गरिएका छन् ।

काठमाडौँको भीडभाड सडकदेखि हिमालको शान्त फेद र तराईका समतल फाँटसम्म फैलिएको नेपालको समृद्ध पाक संस्कृतिलाई प्रवर्द्धन गर्ने जीवन्त स्वादको एउटा सङ्ग्रहको रूपमा यो पुस्तक प्रकाशित भएको वैद्यको भनाइ थियो ।   



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट