Techie IT

नेपाली र भारतीय कलाकारको सहकार्यमा बनेको चलचित्र ‘ह्रस्व दीर्घ’को चर्चा


निर्देशक चन्द्र पन्तले नेपाली र भारतीय कलाकारहरूको सहकार्यमा बनेको चलचित्र ‘ह्रस्व दीर्घ’ले कला र संस्कृति सँगै आपसी सामीप्यता बढाउने उद्देश्यका साथ तयार भएको बताएका छन्। चलचित्रको निर्माण प्रारम्भमा नेपाली कलाकारहरूलाई प्रस्ताव गरिएको भए पनि पछि भारतीय कलाकारहरूलाई सहभागी गराउने निर्णय गरिएको हो।

निर्देशक पन्तले भने, “हामीले नेपाली धेरै कलाकारलाई प्रस्ताव गरेका थियौँ। यहाँ सहकार्य नजुटेपछि चलचित्रको बजार विस्तार गर्न भारतीय कलाकारलाई प्रस्ताव गर्यौँ। उहाँहरूले स्वीकार गरेपछि अहिलेको सहकार्य सम्भव भएको हो।” उनले यस चलचित्रले दुई देशका प्रसिद्ध कलाकारहरूको सहकार्यले नेपाली चलचित्रको बजारलाई दक्षिण भारतमा विस्तार गर्न मद्दत गर्ने विश्वास व्यक्त गरेका छन्।

पन्तले यस चलचित्रलाई ‘ह्रस्व दीर्घ’को कथा तयार गर्ने क्रममा नयाँ दृष्टिकोणबाट तयार गरिएको दाबी गरेका छन्। उनले भने, “हामीले दक्षिण भारतका प्रसिद्ध कलाकारसँग काम गरेका कारण पनि चलचित्रको चर्चा छ। हामीले छिटै त्यहाँ प्रदर्शनको बारेमा जानकारी दिनेछौँ।"

अभिनेत्री विपना थापाले पनि निर्देशक पन्तका कुरामा सहमति जनाउँदै भारतीय पत्रपत्रिकामा नेपाली चलचित्रको चर्चा भएको कुरा सुनेर हर्षित भएको बताइन्। उनले भनिन्, “मेरो एउटा सपना नै थियो, कि हाम्रो चलचित्रको विषयमा भारतमा चर्चा होस्, हाम्रो काम र मेहनत त्यहाँका कलाकारले देखुन् र बुझुन्, त्यो यसपटक पूरा भयो।” 

यो चलचित्र एउटै नक्षत्र, ग्रह र भाग्य भएका जोडीको सम्बन्ध र उनीहरूको जीवनमा आउने आरोह-अवरोहको कथामा आधारित छ। कथा लेखनमा ज्योतिष हरिहर अधिकारीको योगदान रहेको छ। उनले भने, “यो पूर्णरुपमा ज्योतिष शास्त्रमा आधारित चलचित्र होइन्, तर विषयवस्तुसँग जोडिएको छ। हामीले आफ्नोपन दिन पनि यसमा नेपाली धर्म र संस्कृतिको प्रयोग गरेका छौँ। यद्यपि यो पूर्णरुपमा मनोरञ्जनात्मक चलचित्र हो।”

‘ह्रस्व दीर्घ’मा ज्योतिष अधिकारीसँगै अभिनेत्री नीता ढुङ्गाना, गरिमा शर्मा, रेखा थापा, प्रशान्त ताम्राकार, सञ्चीता लुईटेल, सरोज खनाल, रवीन्द्र झा जस्ता नेपाली कलाकारहरूको साथमा भारतीय कलाकारहरू ब्रह्मानन्दम, अली, सुनिल वर्मा, प्रदीप रावत, कबीर दुहन सिंह लगायतले अभिनय गरेका छन्।

निर्माण पक्षका अनुसार यो चलचित्र कात्तिक ३० गतेदेखि नेपालीसँगै हिन्दी र तेलुगु भाषामा पनि प्रदर्शन हुनेछ। यस चलचित्रले दुबै देशका दर्शकलाई आकर्षित गर्न सक्ने विश्वास गरिएको छ, र यसको सफलताले नेपाली चलचित्रको बजारमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट