Techie IT

व्यावसायिक कृषि फार्मबाट १२ लाख आम्दानी गर्दै समाजवादीकी केन्द्रीय सदस्य


पर्वतका कुश्मा नगरपालिका–८ चुवाकी देवीकुमारी क्षेत्रीले व्यावसायिक कृषि फार्म सञ्चालन गरेर वार्षिक १२ लाख रुपैयाँ भन्दा बढी आम्दानी गर्दै आएकी छन्। 

उनको सुन्दरेखोला कृषि तथा पशुपालन फार्मले माछा, कुखुरा, बाख्रा र हाँसको पालन गर्दै कृषि व्यवसायमा उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ।

क्षेत्रीले पाँच रोपनीमा पाँच पोखरी निर्माण गरेर व्यावसायिक रुपमा माछा पालन गर्दै आएकी छन्। उनले वार्षिक १५ हजार किलोग्राम भन्दा बढी माछा बिक्री गर्दै आएकी छन्। यसका साथै, उनको फार्ममा गाईभैँसी, स्थानीय जातका कुखुरा, बाख्रा र हाँससमेत छन्, जसले दैनिक ३० देखि ४० लिटर दूध उत्पादन गर्दै बजारमा बिक्री गर्दै आएको छ।

क्षेत्रीका अनुसार, रु २५ लाखको लगानी गरेर सञ्चालन गरिएको यो फार्मले सबै खर्च कटाएर वार्षिक रु १२ लाख आम्दानी गरिरहेको छ। फार्ममा उत्पादित माछा, दूध, बाख्रा र कुखुरा घरबाटै बिक्री हुने भएकोले उहाँलाई बजार जानु नपर्ने सुविधाजनक स्थिति रहेको छ।

“सुरुमा लगानी धेरै गरेँ, व्यवसाय सङ्कटमा पर्छ कि भन्ने लागेको थियो,” उनले भनिन्। “तर, पछि उत्पादित सबै वस्तु सहज रूपमा घरबाटै बिक्री हुन थालेपछि लगानी र व्यवसाय थप गर्न थालें।” कृषिबाट भएको आम्दानीले उनले आफ्नो दुई छोरालाई शिक्षाका लागि अमेरिका पठाएको र श्रीमान् विदेशमा रोजगारीमा रहेको जानकारी दिइन् ।

रोजगारी सृजना र महिला सशक्तिकरण
क्षेत्रीको फार्ममा तीन जनाले रोजगारी पाएका छन् । “पहिलेदेखि आफ्नै व्यवसाय सञ्चालन गरी स्वरोजगार बन्ने योजना क्षेत्रीको थियो। यसअघि व्यावसायिक बङ्गुरपालन समेत गरेकी उनले पछि कृषि क्षेत्रमा आवद्ध भएको भइन् ।

महिलालाई आम्दानीका लागि पुरुषको सहयोग चाहिन्छ भन्ने धारणा चुनौती दिँदै क्षेत्रीले आफूलाई सफल महिला उद्यमीका रूपमा स्थापित गरेको बताइन् । “आँट, समयको व्यवस्थापन र मेहनतका साथ आफ्नो कामलाई निरन्तरता दिने हो भने सफल भइन्छ,” उनले जोड दिइन् ।

क्षेत्री राजनीति क्षेत्रमा पनि सक्रिय हुनुहुन्छ। उनि नेपाल समाजवादी पार्टीको केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशको महिला विभागको प्रमुखका रूपमा कार्यरत छन् । “पार्टीको कार्यक्रम परेमा अन्य जिल्लामा पनि जान्छु। कार्यक्रम नपर्दा फार्मको रेखदेखमा समय बिताउँछु,” उनले बताइन् । 

क्षेत्रीले कृषि ज्ञान केन्द्र, भेटेरिनरी अस्पताल र पशु सेवा विज्ञ केन्द्रबाट प्राविधिक र अन्य तालिम प्राप्त गरेकि छन् । उनले स्वदेशमा रहेर व्यावसायिक रूपमा कृषि पेसा गर्ने व्यक्तिहरूलाई तीन तहका सरकारले अनुदान, बजारीकरण र प्राविधिक सहयोगको आवश्यकता रहेको विश्वास व्यक्त गरिन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट