Techie IT
२०८२ वैशाख १६, मंगलबार

अरुण नदीमा जीप खस्दा तीन घाइते


सङ्खुवासभाको खाँदवारी नगरपालिका–९ तुम्लिङ्टारबाट धनकुटाको हिलेतर्फ जाँदै गरेको जीप अरुण नदीमा खस्दा तीन जना घाइते भएका छन् ।

प्रदेश १ ०२ ००२ च ४१०३ नम्बरको बलेरो जीप दुर्घटना हुँदा खाँदवारी नगरपालिका–९ का रमेश राई, मकालु गाउँपालिका–५ का चालक किरण गुरुङ र पैदलयात्री चैनपुर नगरपालिका–११ का ढोकरबहादुर पाण्डे घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले धर्मदेवी नगरपालिका–८ सूर्तिवारीमा पैदलयात्रीलाई ठक्कर दिएर गाडी अनियन्त्रित भएर नदीमा खसेको जानकारी आएको बताएका छन् । 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट