पाल्पामा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

पाल्पामा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु र एक जना घाइते भएका छन् । । जिल्लाको तानसेन नगरपालिका–६ का ४१ वर्षीय पदमबहादुर दर्लामीको आज मोटरसाइकल दुर्घटनामा मृत्यु भएको हो ।
बगनासकाली गाउँपालिका–१ रायडाँडास्थित सिद्धार्थ राजमार्ग सडकखण्डमा घोरबन्दादेखि बर्तुङ्गतर्फ आउँदै गरेको लु ६१ प ७६३६ नं को मोटरसाइकल दुर्घटना हुँदा चालक दर्लामी गम्भीर घाइते भएकामा तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिएका छन् ।
दुर्घटनामा मोटरसाइकल पछाडि सवार उहाँका १८ वर्षीय छोरा मन्दिप दर्लामी घाइते हुनुभएको छ । उहाँको मिसन अस्पतालमै उपचार भइरहेको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस