Techie IT
२०८२ वैशाख ६, शनिबार

देशका विभिन्न स्थानमा सवारी दुर्घटनाबाट पाँच जनाको मृत्यु


देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा पाँच जनाको ज्यान गएको छ भने केही घाइते भएका छन्।

मकवानपुर:
हेटौंडा उपमहानगरपालिका–१६ स्थित गुरूधामचोकमा स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। ठूलोदमारबाट हटियातर्फ जाँदै गरेको बा.प्र.०३-०४ प ९५२६ नम्बरको स्कुटरले ठक्कर दिँदा ७६ वर्षीय अनिरूद्र बस्ताकोटी गम्भीर घाइते भएका थिए। उनलाई थप उपचारका लागि सिएमसि भरतपुर लगिएको थियो, तर उपचारकै क्रममा उनको मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका स्कुटर चालकको हेटौंडास्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको छ।

तनहुँ:
शुक्लागण्डकी नगरपालिका–२ नर्सरीस्थित सडकमा गएराति लु.५७ प ०२६२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक ३९ वर्षीय रेशम विकको मृत्यु भएको छ। उनी म्याग्दे गाउँपालिका–५, थाङ्दीका बासिन्दा थिए। गम्भीर घाइते भएका विकको जिपी कोईराला श्वासप्रश्वास केन्द्र, बेलचौतारामा उपचारको क्रममा मृत्यु भएको हो।

रामेछाप:
मन्थली नगरपालिका–३ कठजोर ठाटीमा बा.१६ च ६४७६ नम्बरको बोलेरो अनियन्त्रित भई दुर्घटना हुँदा कृष्ण नारायण श्रेष्ठ (६२) र ११ वर्षीया भूमिका श्रेष्ठको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा १६ जना घाइते भएका थिए, जसमा १ जनाको मन्थली अस्पतालमा उपचार भइरहेको छ भने ४ जनालाई काठमाडौंको ट्रमा सेन्टर पठाइएको छ। बाँकी ११ जना उपचारपछि डिस्चार्ज भएका छन्। बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

रौतहट:
मौलापुर नगरपालिका–३, गम्हरिया सडकमा प्रदेश २-०३-००१ त ३५२४ नम्बरको ट्याक्टरले ठक्कर दिँदा मोटरसाइकलमा सवार ४५ वर्षीया सीता देवी साहको मृत्यु भएको छ। गम्भीर घाइते भएकी साहको प्रादेशिक अस्पताल, गौरमा उपचारको क्रममा मृत्यु भएको हो। ट्याक्टर चालक हाल फरार छन् भने उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट